Techie IT
२०८२ असार ४, बुधबार

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको छ ।

आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए।

यो व्यवस्थाले आर्थिक रूपमा कठिनाइमा परेका बालबालिकालाई राहत मिल्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारका लागि अपुग रकम मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ। नेपालमा १५०० भन्दा बढी बालबालिकामा वार्षिक रूपमा क्यान्सर देखिने गरेको र ११% मृत्यु क्यान्सरका कारण हुने तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट