Techie IT
२०८२ चैत्र ५, बिहीबार

लुम्बिनीमा मानव सेवा आश्रमद्वारा १२८ जनाको उद्धार


मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान अन्तर्गत हालसम्म १२८ सडकआश्रित मानवको उद्धार गरिएको छ। 

लुम्बिनी प्रदेशका जिल्लाहरूबाट मात्र २८ जनाको उद्धार गरिएको जानकारी अध्यक्ष रामजी अधिकारीले दिएका छन्। लुम्बिनी प्रदेशको रुपन्देही, बाँके, र दाङमा आश्रमका सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन्।

१३ औँ दिनमा लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगेको उद्धार टोलीलाई मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्दै, प्रदेशलाई सडक आश्रित मानवमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्री आचार्यले सहयोगापेक्षी मानवलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने प्रदेश सरकारको अठोट रहेको बताएका थिए । यस अवसरमा आनीछोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनीछोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सम्मान गरिएको थियो।

सात प्रदेशका १९ जिल्लामा २५ सेवा केन्द्र सञ्चालनमा रहेको मानव सेवा आश्रमले २०८२ सम्म नेपाललाई सडक आश्रित मानवमुक्त बनाउन लक्ष्य लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट