Techie IT
२०८३ वैशाख २३, बुधबार

साफ महिला च्याम्पियनसिप, भारतलाई हराउँदै नेपाल फाइनलमा


साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। आज दशरथ रंगाशालामा भएको खेल पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो।

खेलको नियमित समयमा दुवै टोलीले एक-एक गोल गरेका थिए, पछि विवादका कारण खेल दुई पटक रोकिएको थियो। तर, नेपालले पेनाल्टी शुट आउटमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गर्दै भारतलाई मात्र दुई गोल गर्न अवसर दियो।

अब नेपाल बुधबार बंगलादेश सँग फाइनल खेल्नेछ। यसअघि पनि नेपाल र भारतबीच साफको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो, जहाँ सन् २०२२ मा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि, त्यसपछि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।

आजको पहिलो सेमिफाइनलमा, बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। 

फाइनलमा नेपाल र बंगलादेश बीचको भिडन्तका लागि खेल प्रेमीहरूको उत्साहमा थप वृद्धि भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट