Techie IT
२०८३ श्रावण १७, आइतबार

अफगानिस्तानमा यात्रुवाहक गाडी नदीमा खस्दा आठ जनाको मृत्यु


दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ।

स्थानीय समय अनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताएका छन् ।

दुर्घटनाको मुख्य कारण पुलको जीर्ण अवस्था, ओभरलोडिङ, र लापरवाही सवारीसाधन रहेको उनले जानकारी दिएका छन्।

पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य भएका छन्। प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग, र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटनाहरू बढिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट