साफ फाइनलको टिकट आफैं बिक्री, कम्पनीले सबै फिर्ता गर्नुपर्ने
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट अब अखिलनेपाल फुटबल संघ (एन्फा) आफैंलेबिक्री गर्ने निर्णय गरेको छ।
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट अब अखिलनेपाल फुटबल संघ (एन्फा) आफैंलेबिक्री गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमाआयोजित पत्रकार सम्मेलनमा एन्फाले सुरक्षा कारण देखाउँदै योनिर्णय लिएको जनाएको हो।
बुधबारदेखि जावलाखेल खेल मैदान, एन्फाकम्प्लेक्स (सातदोबाटो), र आर्मी हेडक्वार्टरकोगेटबाहिर टिकट बिक्री गरिनेछ।एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, नेपाल र भारतबीचको सेमिफाइनलखेलको टिकट सिट संख्याभन्दाबढी बिक्री भएको पाइएको छ।
माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलेटेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमाटिकटिङ अधिकार प्राप्त गरेको थियो, तर एन्फाले उक्तकम्पनीले बिक्री गरेको टिकट रद्द गरेररकम फिर्ता गर्न भनेको छ।
एन्फाले साधारणतर्फ ११ हजार रभीआईपीका लागि १ हजारटिकट बिक्री गरिने जनाएको छ। फाइनल खेलबुधबार नेपाल र बंगलादेशबीच साँझसाढे ६ बजे हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस