Techie IT
२०८२ कार्तिक २९, शनिबार

नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गर्दै विश्वकप लिग २ मा महत्वपूर्ण जित


नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ शृंखलामा बुधबार स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै महत्वपूर्ण जित हासिल गरेको छ। अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।

नेपालको उत्कृष्ट बलिङ प्रदर्शनमा सन्दीप लामिछानेले ३ विकेट लिए। करन केसी, सोमपाल कामी, र गुल्सन झाले समान २–२ विकेट लिए भने आरिफ शेखले १ विकेट लिए। स्कटल्यान्डका ब्याटरहरूमध्ये मार्क वाटले सबैभन्दा धेरै ३४ रन बनाए, तर अन्य खेलाडीले खास योगदान दिन सकेनन्।

१५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रन बनाएर जितमा महत्वपूर्ण भूमिका खेले। कुशल भुर्तेल र गुल्सन झाले समान २५–२५ रन बनाए भने आसिफ शेखले २१ रनको योगदान दिए। स्कटल्यान्डका बलर ब्राण्डम म्याकुलमले २ विकेट लिए भने अन्यले १–१ विकेट लिए।

यो जितसँगै नेपालले लिग २ मा आठ महिनापछि विजय प्राप्त गरेको हो। यसअघि नेपालले गत फागुनमा कीर्तिपुरमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो। लिग २ को हालको अंक तालिकामा नेपाल १० खेलमा २ जित र ५ अंकसहित सातौँ स्थानमा छ। क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ भने स्कटल्यान्ड ९ खेलमा ११ अंकसहित चौथो स्थानमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट