Techie IT
२०८२ वैशाख २७, शनिबार

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने कागतिहार पर्व आज बिहानयमराजका दूतका रूपमा कागलाई मीठा खानेकुरा खुवाएरमनाइँदैछ।


कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने कागतिहार पर्व आज बिहानयमराजका दूतका रूपमा कागलाई मीठा खानेकुरा खुवाएरमनाइँदैछ।

आजको पर्व शास्त्रअनुसार बुधबारमनाउनुपर्ने निर्णय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन्। कागलाई यमराजकोदूत मानिने भएकाले, कागले राम्रो समाचार यमराजलाई पुर्याओस् भन्ने विश्वासले कागलाई पूजा गरेर मीठोभोजन दिन्छन्।

सामान्यतः काग घरमा आएमाशुभ समाचारको संकेत मानिन्छ। 'काकेन दधि भक्षितम्' भन्नेभनाइ अनुसार, कागलाई दही भात खुवाउनेचलन छ। यस अवसरमाकागेश्वरी मनोहरा नगरपालिका–१ र हनुमानढोकास्थितकागेश्वरी मन्दिरमा विशेष पूजा गरिन्छ।

तिहार पर्व दुष्कर्म गर्नेलाईदण्ड र सत्कर्म गर्नेलाईसंरक्षण गर्ने विश्वाससँग जोडिएको छ, र परिवारकासबै सदस्यका नाममा यम दीपदान गर्नेक्रम आज साँझदेखि सुरुहुनेछ। यम दीपदानले यमयातनाबाट मुक्ति दिलाउने विश्वास छ।

यस वर्ष तिथिको परिवर्तनकाकारण यमपञ्चक मङ्गलबार बेलुकीबाट सुरु भएको छ, र धनतेरस पर्व पनि यसैदिन मनाइएको छ, जसमा गरगहनार तामाका भाँडाकुँडा किन्ने धार्मिक मान्यता छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट