Techie IT
२०८३ भाद्र २०, शनिबार

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु

रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात प्रक्रिया पुनः सुरु भएको छ।


रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात प्रक्रिया पुनः सुरु भएको छ। हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध भएको राजमार्ग मर्मतपछि खुला भएको हो।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पति, र तीन कन्टेनर ओखर यो मार्गबाट आयात गरिएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ।

केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलमार्फत नेपाल प्रवेश गरेको छ, जबकि नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी कुल ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन्।

राजमार्ग बन्द हुँदा आयात ठप्प भएर राजस्व असुलीमा कमी आएको छ। भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले दुई अर्ब ५० करोडको राजस्वमा ह्रास भएको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट