Techie IT
२०८२ वैशाख २७, शनिबार

जुवातास खेलिरहेको अवस्थामा देशभर ३९ जना पक्राउ


देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर, तनहुँ, कञ्चनपुर, पाल्पा, र बाँकेका विभिन्न स्थानमा छापा मारेर नगद रकमसहित थुप्रै मानिसलाई पक्राउ गरेको हो।

ललितपुर
ललितपुरको गोदावरी नगरपालिका-७ देविचौरमा छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेका ७ जनालाई प्रहरीले नगद ७६ हजार रूपैयाँ र १५ थान कौडासहित पक्राउ गरेको छ।

तनहुँ
तनहुँको भानु नगरपालिका-४ धोतीचौतरा स्थित अक बहादुर थापाको घर पछाडि जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरी नगद ४० हजार ३ सय ८५ रूपैयाँ र १ सय ६० पत्ता तास बरामद गरिएको छ।

कञ्चनपुर
कञ्चनपुरमा भिमदत्त नगरपालिका-१ बराकुण्डा रौटेला खोला किनारमा १३ जनालाई प्रहरीले नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको छ। यसैगरी, बेदकोट नगरपालिका-७ स्थित न्यू हाइवे वाइन्स एण्ड क्याफेमा ४ जनालाई २६ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरिएको छ।

पाल्पा
पाल्पाको रम्भा गाउँपालिका-१ असर्दी स्थित सागर भट्टराईको रम्भा रिसोर्टमा ३ जनालाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको छ।

बाँके
बाँकेको नेपालगंज उपमहानगरपालिका-२० राझास्थित एभर ग्रीन पेट्रोल पम्पको भान्सामा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले नगद २ लाख १९ हजार ३ सय ३५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ।

प्रहरीले सबै पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट