Techie IT
२०८३ श्रावण १२, मंगलबार

नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइयो


नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस आज शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी मनाइएको छ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफ्नो आमाको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। 

उनले नेपाली महिलाको हक र अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताए। कार्यक्रममा सिर्जना सिंहले मंगलादेवी सिंहलाई नेपाली महिलाहरूका लागि प्रेरणा रहेको बताइन्। यो स्मृति दिवसले नेपाली महिला आन्दोलनमा मंगलादेवी सिंहको योगदानलाई सम्झाउने अवसर प्रदान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट