Techie IT
२०८२ मंसिर १, सोमबार

मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जीत सुनिश्चित


मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएका छन् ।मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेका छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५.८१ प्रतिशत मत प्राप्त गरेका छन् । 

मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चत भएको छ, यद्यपि, मतगणना जारी छ । निर्बाचनलाई इयू निकट उम्मेदवार सन्दु र रूस निकट स्टोयानोग्लाबीचको प्रतिस्पर्धालाई इयू र रूस दुबैले प्रतिष्ठाको बिषय बनाएका छन् । आगामी चार वर्षे कार्यकालका लागि हुने निर्बाचनमा मतदानपछि राष्ट्रपति सन्दुले भनिन्, “मैले मतदान गरेँ । 

मलाई विश्वास छ हाम्रा मतदाताले देशको लागि राम्रो मार्ग छनौट गर्नेछन्। अहिले पहिलेभन्दा अझ बढी एकताका साथ हामी देशको शान्ति र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।” पार्टी अफ एक्सन एण्ड सोलिडारिटीको पूर्व नेताको रूपमा उनले पहिलो चरणको चुनावमा सबैभन्दा बढी ४२ प्रतिशत मत प्राप्त गरेको छो भने मोल्दोभाको समाजवादी पार्टीद्वारा समर्थित स्टोयानोग्लोले करिब २६ प्रतिशत मत पाएको छ  । 

स्टोयानोग्लोले अपेक्षा गरिएभन्दा अत्यधिक बढी मत पाउनु भएको हो। सन्दुले ‘स्वतन्त्र, स्थिर, समृद्ध मोल्दोभा’ प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशको युरोपेली सङ्घ (इयू) सँग एकीकरणको मार्गको लागि आफ्नो समर्थनमा जोड दिएका थिए । अक्टोबर २० मा भएको राष्ट्रपतीय चुनावपछि, मोल्दोभामा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन भएको हो । 

पहिलो चरणमा राष्ट्रपतिपदको दौडमा रहेका ११ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत वा एक मतको रूपमा परिभाषित मतको पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।     



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट