Techie IT
२०८३ भाद्र १४, आइतबार

नलकटुवा पेस्तोल र नक्कली नोटसहित दुई जना पक्राउ


गोडैता नगरपालिका-१२ बाट सोमबार बिहान प्रहरीले २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेललाई पक्राउ गरेको छ। उनीहरूलाई नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोली, १,००० दरका २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोलीसहित पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, उनीहरू भारतको बिहार राज्यको सितामढी जिल्लाको मेजरगंज बसविटा ग्रामपञ्चायत रसुलपुर गाउँका निवासी हुन्। उनीहरूले नेपालका मधुवन गाउँतर्फ आउँदै गर्दा उक्त हतियार र नक्कली नोट सहित फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले गोडैताको उक्त क्षेत्रमा गस्ती गर्दा उनीहरूको गतिविधि सन्दिग्ध देखिएपछि रोक्न आदेश दिएको थियो। उनीहरूको शारीरिक जाँच गर्दा सो हतियार र नक्कली नोटहरू फेला परेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट