Techie IT
२०८२ मंसिर १, सोमबार

अमेरिकी चुनावअघि जर्मन विदेशमन्त्रीको किभ भ्रमण, युक्रेनप्रति समर्थनको पुन पुष्टि


अमेरिकी राष्ट्रपति चुनाव नजिकिँदै गर्दा जर्मनीकी शीर्ष कूटनीतिज्ञ अन्नालेना बेयरबकले सोमबार अघोषित रूपमा युक्रेनी राजधानी किभको भ्रमण गरेका छन्। यो भ्रमणलाई युक्रेनप्रतिको युरोपेली समर्थनलाई पुनः बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ । जर्मनीले युक्रेनलाई दीर्घकालीन सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

जर्मनी अमेरिकापछि युक्रेनलाई सबैभन्दा ठूलो हतियार दिने देश रहेको छ। विदेशमन्त्री बेयरबकले युक्रेनलाई "न्यायपूर्ण शान्ति" को बाटोमा अघि बढ्न आवश्यक परे सम्म समर्थन गर्ने उल्लेख गरे। युक्रेनमा रुसको निरन्तर हमला र शीतकालीन चुनौतीहरूका बीच बेयरबकको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी समर्थकहरूलाई युक्रेनलाई नाटोमा औपचारिक रूपमा सामेल गराउने र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने दीर्घकालीन "विजय योजना" मा सहमति गराउन प्रयास गरिरहेका छन् । तर, हालका गतिविधिहरूले उनको अपेक्षालाई निराशाजनक बनाएको देखिन्छ।

यसै बीच, रुसले उत्तर कोरियाली लडाकू सैनिकहरूलाई आफ्ना सेनामा थपेर युद्धभूमिमा दबाब बढाइरहेको खबर  पनि आएको छ। जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई तुरुन्त कदम चाल्न आग्रह गर्दै उत्तर कोरियाली सेनालाई रोक्नुपर्ने आवश्यकता औंल्याएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट