Techie IT
२०८२ वैशाख २६, शुक्रबार

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाललाई इन्डोनेसिया सरकारले ‘करका बुवाना अवार्ड’ प्रदान गरेको छ। नेपाल-इन्डोनेसिया सम्बन्ध सुदृढ बनाउन उनले खेलेको भूमिकाको कदर गर्दै इन्डोनेसियाली परराष्ट्र मन्त्रालयले यो विशिष्ट अवार्ड प्रदान गरेको हो।

यो सम्मान काठमाडौंमा एक समारोहका बीच इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले हस्तान्तरण गरे। ढकालको प्रयासले पर्यटन, सांस्कृतिक आदानप्रदान, र आर्थिक सहकार्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै इन्डोनेसियाली पक्षले उनको प्रशंसा गरेको छ। समारोहमा राजदूत सुवोलोले ढकालको योगदानले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाएको बताए।

सम्मान प्राप्त गरेकोमा आभार व्यक्त गर्दै ढकालले यसले नेपाल र इन्डोनेसियाबीचको सहकार्यलाई नयाँ ऊर्जा मिलेको बताए। साथै, हालै सम्पन्न ‘भिषा फ्रि’ सम्झौताले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास पनि व्यक्त गरे।

ढकाल सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको रुपमा कार्यरत छन् र यसअघि पनि उनले २०१५ को भूकम्पपछि इन्डोनेसियाद्वारा सम्मान पाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट