Techie IT
२०८३ श्रावण १२, मंगलबार

हेर्ने कथाको प्रभाव, एकपटक प्रकाशलाई भेटेर कुरा सुन्न चाहन्छु : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक भएको एक मर्मस्पर्शी हेर्ने कथामा प्रकाशित कालेको  कथाप्रति संवेदनशीलता देखाउँदै प्रकाश तामाङ (काले मोक्तान) र विद्या चापागाईंलाई भेट्ने इच्छा व्यक्त गरेका छन्।

युट्युब च्यानल 'हेर्ने कथा'मा 'हराएका वर्षहरू' शीर्षकमा प्रसारित प्रकाश तामाङको कथाले धेरैको ध्यान खिचेको छ। कथा अनुसार प्रकाशले घर छाडेर हराएको ३४ वर्ष भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "प्रकाश तामाङको परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचेँ- यस्ता कति प्रकाशहरू वर्षौँदेखि हराएका होलान्!" उनले थप भने, "एकपटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु।"

प्रधानमन्त्रीले 'हेर्ने कथा'की प्रस्तोता विद्या चापागाईंलाई "प्रभावशाली 'स्टोरी टेलर'" भन्दै उनीसँग पनि भेटेर यस विषयमा कुरा गर्ने बताएका छन्। उनले विद्याले प्रस्तुत गरेका अन्य कथाहरू पनि हेरेको उल्लेख गरे। अन्त्यमा, प्रधानमन्त्री ओलीले यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा 'हेर्ने कथा' टिमलाई धन्यवाद दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट