Techie IT
२०८३ असोज २१, बुधबार

अमेरिकामा छठ पर्व उत्साहपूर्वक सम्पन्न


अमेरिकामा नेपाली समुदायले विशेष उत्साहका साथ छठ पर्व मनाएका छन्। नेपालको तराई क्षेत्रका लागि विशेष महत्व राख्ने यस पर्वलाई अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायो लगायत राज्यका नेपालीहरूले स्थानीय मन्दिरहरूमा भेला भएर मनाएका हुन्।

मेरिल्याण्डको जर्मनटाउन स्थित नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने कार्यक्रमको आयोजना गरेको थियो । आयोजकका अनुसार शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ।

आयोजक मोहन यादवले नेपालीहरूले विगत केही वर्षदेखि छठ पर्वलाई स्थानीय मन्दिरमा मनाउन पाउँदा खुशी व्यक्त गरेका छन्। उनका अनुसार व्रतालुहरूले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका छन् र यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको छ।

यादवले भने, "हामीले प्रवासी भूमिमा आफ्नो सनातन धर्मका मूल्य र मान्यतालाई अगाडि बढाउन र यसको वैज्ञानिक पक्ष पनि दोस्रो पुस्तालाई बुझाउन प्रयास गरिरहेका छौँ। अमेरिकामा नेपालीहरू विभिन्न स्थानमा आफ्नै घर, समूह, र मन्दिरहरूमा भेला भएर छठ पर्व मनाउने गरेका छन्।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट