यु–१९ महिला विश्वकप : युएईविरुद्ध नेपाल बलिङमा
आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेटएसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई बीचप्रतिस्पर्धा भइरहेको छ।

आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेटएसिया छनोटको तेस्रो खेलमा नेपाल र युएई बीचप्रतिस्पर्धा भइरहेको छ। युएईको अजमानमाभएको यस खेलमा टसजितेर घरेलु टोली युएईले ब्याटिङरोजेपछि नेपालले बलिङ गरिरहेको छ।
यो प्रतियोगिता बुधबारबाट सुरु भएको हो, जसमा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेल्दै६७ रनले जित हासिलगरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराउँदैसानदार प्रदर्शन जारी राखेको छ।युएईले पहिलो खेलमा कुवेतलाई हराएको थियो भने दोस्रोखेलमा थाइल्याण्डलाई पराजित गरेको छ। यस समयमानेपाल उच्च मनोबलका साथतेस्रो खेलमा उत्रिएको छ।
कात्तिक २९ गतेसम्म चल्नेयस प्रतियोगितामा नेपालसहित युएई, कुवेत र थाइल्याण्ड सहभागीछन्। नेपालको चौथो खेल भनेभोलि थाइल्याण्डसँग हुनेछ। प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्षस्थान हासिल गर्ने टोली यु–१९महिला क्रिकेट विश्वकपका लागि छनोट हुनेछ।यो विश्वकप अर्को वर्ष जनवरीमा मलेसियामाआयोजना हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस