लामिछानेलाई अदालतमा पुनः म्याद थपका लागि लगियो, रास्वपा प्रदर्शन गर्दैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा पुनः म्याद थपका लागि लगिएको छ।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई पहिलो पटक असोज ४ गते काठमाडौँमा पक्राउ गरि कास्की ल्याइएको थियो। त्यसबेला देखि उनलाई केही समयको म्याद थप गर्दै अनुसन्धान जारी राखिएको छ। हालैको म्याद सकिएपछि फेरि अदालतले म्याद थपका लागि अनुमति दिने कि नदिने निर्णय गर्नुपर्ने भएको छ।
लामिछानेसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपका लागि अदालतमा पेश गरिएको छ। उनीहरूमाथी व्यक्तिहरूमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराधजस्ता गम्भीर अभियोगहरू दर्ता गरिएका छन्।
पोखराको सूर्यदर्शन सहकारीमा ठूलो मात्रामा बचतकर्ताको रकम हिनामिना भएको आरोप लागेपछि यस मामिलामा गहिरो अनुसन्धान सुरु भएको हो। यस घटनाको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोली गठन गरिएको छ ।
टोलीमा हालै डिएसपी सुन्दर तिवारीलाई थप गरिएको छ। तिवारीलाई अनुसन्धानको सहजीकरण गर्न र उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यको निर्देशनमा पोखरा महानगरपालिकासँग समन्वय गर्न खटाइएको छ। यसअघि नै दुई जना अनुसन्धानकर्ताहरू पनि यस टोलीमा संलग्न थिए।
रास्वपाका समर्थकहरूको प्रदर्शनः
रवि लामिछानेको पक्षमा रास्वपा समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। आज पनि पोखरामा प्रदर्शनको तयारी गरिएको छ। वाइचोकमा सभा आयोजना गरी लामिछानेको रिहाइको मागसहित आवाज उठाउने तयारीमा रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस