Techie IT
२०८३ जेष्ठ ११, सोमबार

हरिबोधिनी एकादशी पर्व आज, तुलसी र विष्णुको विवाह

आज कार्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको प्रतीक तुलसीसँग दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशीपर्व मनाइँदैछ।


आज कार्तिक शुक्ल एकादशीमा भगवान् विष्णुको प्रतीक तुलसीसँग दामोदरसँग विवाह गरी हरिबोधिनी एकादशीपर्व मनाइँदैछ। चार महिना लामोतुलसी व्रत र विशेषपूजापछि आज तुलसीको मठमाविवाह गरिन्छ।

हरिशयनी एकादशी (आषाढ शुक्ल एकादशी) का दिन भगवान् विष्णुक्षीरसागरमा सुत्ने र हरिबोधिनी एकादशीकादिन ब्युँझने विश्वासका कारण यसलाई प्रवोधिनीएकादशी पनि भनिन्छ। यसदिन विशेष पूजा गरी तुलसीकोमठलाई सजाएर विष्णुसँग विवाह गरिन्छ।

धार्मिक मान्यताअनुसार, तुलसीको मठ भएका घरलाईतीर्थ समान मानिन्छ रतुलसीको सुगन्धले घरको वातावरण पवित्रबनाउँछ। तुलसीको पात, डाँठ रफूलले विभिन्न रोगहरूको उपचार र शारीरिक सुरक्षाकालागि फाइदा पुर्याउँछन्।

कात्तिक महिनामा तुलसीको पूजा र विशेषअर्पण गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासछ। यसै दिन भगवान्विष्णुको मूर्तिलाई रथमा राखी यात्रागराउने र शङ्ख, घण्टार ढोल बजाएर विष्णुलाईजगाउने परम्परा पनि छ।

यसो गर्दा पाप नष्ट हुन्छर पुण्यको प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ। विशेष गरी, आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञर राजसूय यज्ञ बराबरको फलदिने विश्वास गरिएको छ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक स्नान, दान, जप रहोम गरेमा पापबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ।

आज काठमाडौँ उपत्यकाका प्रमुख नारायण मन्दिरहरूमा विशेष पूजा र मेलालाग्दछ, जसमध्ये चार नारायण मन्दिरहरू, बूढानीलकण्ठ नारायणस्थानमा विशेष मेला पनि सुरुभएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट