शिखर धवनले एनपिएलमा कर्णाली याक्सबाट खेल्ने
भारतीय क्रिकेटर शिखर धवन नेपालप्रिमियर लिग (एनपिएल) माकर्णाली याक्सको टोलीबाट खेल्ने भएका छन्।

भारतीय क्रिकेटर शिखर धवन नेपालप्रिमियर लिग (एनपिएल) माकर्णाली याक्सको टोलीबाट खेल्ने भएका छन्। कर्णालीयाक्सले बिहीबार धवनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। यस टोलीकोस्वामित्व हिमालयन विल्डर्स एन्ड इन्जियर्ससँग रहेकोछ।
धवन, जो भारतीय राष्ट्रियक्रिकेट टिमका अनुभवी खेलाडी हुन्, सबै फरम्याटका क्रिकेटखेलिसकेका छन्, र अबनेपालमा हुने लिगमा कर्णालीयाक्सबाट खेल्नेछन्।
धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मादिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सजस्ता प्रतिष्ठित फ्रेंचाइजबाट खेलिसकेका छन्।
सम्झौतापछि धवनले कर्णाली याक्सको टोलीमा सामेल भएर आगामी लिगखेल्नका लागि उत्साहित रहेकोबताएका छन्। "कर्णाली याक्सले मलाई लिगका लागिअनुबन्ध गरेको छ। यो लिगखेल्न म निकै उत्साहितछु," धवनले आफ्नो उत्साह व्यक्त गर्दै कर्णाली याक्सको फेसबुक पेजमा राखिएको भिडियोमा भनेका छन्।
कर्णाली याक्सको मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्, रयस टोलीका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्रगतिका बलर सोमपाल कामीरहेका छन्। यो प्रतियोगितामंसिर १५ गतेदेखि पुस६ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस