Techie IT
२०८२ भाद्र २३, सोमबार

नेपाली महिला यु–१९ क्रिकेट टोलीलाई भव्य स्वागत


नेपाली महिला यु–१९ क्रिकेट टोलीलाई विश्वकप र एसिया कपमा ऐतिहासिक स्थान सुरक्षित गरेबापत आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का लगायतका अधिकारी र खेल समर्थकहरूले स्वागत गरे।

सदस्य सचिव घिसिङले नेपाली टोलीको ऐतिहासिक सफलता भन्दै बधाई ज्ञापन गरे भने प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटको स्वर्णिम युगको सुरुआत भएको बताए। कप्तान पूजा महतोले टिमवर्कका कारण नेपालले विश्व कपसम्मको यात्रा तय गरेको बताइन्।

क्यानले सफल खेलाडीलाई जनही रु दुई लाख ५० हजार र अफिसियलहरूलाई रु एक लाख ५० हजारको प्रोत्साहन घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सको अजमानमा सम्पन्न खेलमा युएईलाई आठ विकेटले पराजित गर्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा स्थान सुरक्षित गरेको थियो। 

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो भने नेट रनरेटमा युएईलाई पछि पार्दै छनोट भयो। विश्वकप सन् २०२५ मा मलेसियामा आयोजना हुनेछ।

एसिया कपमा पनि नेपाल सहभागी हुनेछ, जहाँ पाकिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश, र मलेसिया जस्ता टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट