Techie IT
२०८२ भाद्र १०, मंगलबार

भ्रमपूर्ण सामग्री प्रसारण गर्ने ९ सामाजिक सञ्जालमाथि प्रेस काउन्सिलको कारबाही


प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण सामग्री प्रसारण गरेर अराजकता फैलाउने ९ वटा सामाजिक सञ्जालहरूमाथि कारबाही थालेको छ। 

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार दर्ता नगरेका र मिडियासँग सम्बन्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको छ भने मिडियासँग सम्बन्धित रहेका एक फेसबुक पेज र अन्य केही च्यानललाई पनि अप्रमाणित र एकपक्षीय सामग्री हटाउन निर्देशन दिइएको छ।

काउन्सिलले हालैका घटनामा युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत प्रसारित अपुष्ट सामग्री, प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धको एकपक्षीय आरोप, गालीगलौज, अफवाह र अतिरञ्जित सामग्रीको प्रसारणमा गम्भीर चासो व्यक्त गरेको छ। यस्ता सामग्रीहरू कानुन र पत्रकार आचारसंहिता विपरीत रहेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाले कानुन र आचारसंहिताको दायरामा रही मात्र सूचना प्रवाह गर्नुपर्ने बताउँदै, प्रेस स्वतन्त्रताको नाममा गैरजिम्मेवार र अनुत्तरदायी सामग्री प्रसारण नहोस् भनी सचेत गराएका छन्। 

उनले विश्वसनीय र आधिकारिक सूचना प्रवाहको महत्त्वमा जोड दिँदै भ्रम फैलाउने सामग्री नगर्न सबैलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट