Techie IT
२०८२ चैत्र ५, बिहीबार

पहिरोमा घरसँगै सेती नदीमा खसेका गिरीको उद्धार


Photo: Laxman Giri

हिजो बुधबार राति करिव १२ बजे तिर छबिस पाथिभेरा गा.पा - १ परिङ्गालको झोलुङ्गे पुल को पश्चिम तिर बाटो पुर्ण रुपमा सुख्खा पहिरोले बगाएको छ । पहिरोमा घर सङ्गैको टहरामा आफु सुतेकै अबस्थामा टहरा सहित सो पहिरोमा परि करन गिरी घाइते भएका छन् ।

पहिरोले टहरो बगाउँदा टहरोसँगै सेती नदीमा खसेका करनको स्थानीय र प्रहरीले राति नै उद्धार गरेका थिए । उहाँको टाउकोबाहेक सबै शरीर पहिरोमा डुबेको थियो । प्रहरी र गाउँले मिलेर राति नै  उनको उद्धार भएको छ । अहिले जिल्ला अस्पतालमा घाइते गिरीको उपचार भइरहेको छ । गत वर्ष असोजमा आएको भूकम्पले घर चर्किएपछि उनको ६ जनाको परिवार अस्थायी टहरोमा बस्दै आएको थियो । पहिरो जाँदा गिरीकी श्रीमती र चार छोराछोरी छिमेकीको घरमा सुतेका थिए । भूकम्पले गर्दा बझाङ्गको सबै भन्दा धेरै यहि  बस्तिमा क्षति भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट