Techie IT
२०८२ भाद्र ११, बुधबार

दैलेखको सिस्नेमा बस दुर्घटना, आठ घाइते


कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। जुम्लाबाट टीकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

बसमा ३२ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्कालै उपचारका लागि सुर्खेत पठाइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिएका छन् ।

बस पल्टिएपछि राजमार्गमा यातायात अवरुद्ध भएको छ। स्थानीय प्रशासन र प्रहरी दुर्घटना स्थलमा उद्धार कार्यमा खटिएका छन्।

प्रहरीले यात्रु सुरक्षाका लागि सचेत रहन र सवारी चेकजाँचमा ध्यान दिन चालकहरूलाई आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट