Techie IT
२०८२ भाद्र २८, शनिबार

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना


नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् ।     
    
सो अवसरमा उहाँले मुक्तिनाथ मन्दिरमा पूजा अर्चनासहित दर्शन गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । प्रत्येक वर्ष हजारौँ भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन् ।     
    
आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नुभएको छ । उहाँलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गर्नुभएको थियो ।     
    
नेपाली सेनाको निमन्त्रणामा उहाँ बुधबार नेपाल भ्रमणमा आउनुभएको हो । बिहीबार उनले सेनाको राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट