Techie IT
२०८२ भाद्र २२, आइतबार

‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि रनक र राचेललाई


‘मुसा मसाला ओपन लिड क्लाइम्बिङ प्रतियोगिता–२०२४’ को उपाधि पुरुषतर्फ नेपाली पर्वतारोही रनक उप्रेती र महिलातर्फ अमेरिकी पर्वतारोही राचेल डेभिडसनले जितेका छन् ।     
    
काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा आज आयोजित प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषतर्फ उपविजेता अमेरिकी पर्वतारोही भिन्सेन्ट सबलिच भए भने पेम्बाछिरिङ शेर्पाले तेस्रो स्थान प्राप्त गरे । महिलातर्फको उपविजेता स्वस्तिका चौधरी भइन् भने नेदरल्यान्ड्सकी अन्ने माइ बन तेस्रो भइन् । प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३२ प्रतियोगी सहभागी थिए ।     
    
प्रतियोगिताका विजेता, उपविजेता र तस्रो हुनेले क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजारसहित विभिन्न उपहार प्राप्त गरे । अन्तर्राष्ट्रिय आरोहण महासङ्घको नियमानुसार गराइएको सो प्रतिस्पर्धा नेपाल आरोहण खेलकुद सङ्घबाट मान्यताप्राप्त प्रतियोगिता रहेको आयोजक संस्था वोङछु पिक प्रमोशनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पाले बताइन् । 

प्रतियोगितामा प्राविधिक सहयोग नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक अमेरिकी संस्था मुसा मसाला रहेको आयोजकले जनाएको छ । अन्य व्यावसायिक कम्पनीहरू सहप्रायोजकका रूपमा रहेका थिए ।     
    
साहसिक खेलकुदको माध्यमबाट पर्यटनको विकास तथा प्रवर्द्वन गर्ने उद्देश्यले तीन वर्षदेखि निरन्तर रूपमा प्रतियोगिता हुँदै आएको आयोजकले जनाएको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट