Techie IT
२०८२ भाद्र १०, मंगलबार

"रवि लामिछानेको हस्ताक्षर सहितको चेक सहकारीलाई बुझाइएको प्रमाण फेला"

सुप्रिम बचत तथा ऋण सहकारी र सूर्यदर्शन सहकारीलाई बुझाइएको उक्त चेक अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले जनाएको छ।


गोर्खा मिडिया नेटवर्कको सहकारी कारोबारमा संलग्नता अस्वीकार गर्दै आएका रवि लामिछानेको हस्ताक्षरसहितको चेक फेला परेको छ। सुप्रिम बचत तथा ऋण सहकारी र सूर्यदर्शन सहकारीलाई बुझाइएको उक्त चेक अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले जनाएको छ।

सहकारी ठगीको आरोपमा लामिछानेमाथि गहिरो छानबिन भइरहेका बेला फेला परेको चेकलाई प्रहरीले महत्त्वपूर्ण प्रमाणका रूपमा लिएको छ। गोर्खा मिडिया नेटवर्कले सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँको भुक्तानी गरेको उक्त चेकमा लामिछानेकै हस्ताक्षर रहेको पुष्टि भएको छ।

लामिछानेले भने आफूले सहकारी कारोबारबारे जानकारी नरहेको र रित्तो चेक छाडेको दाबी गरेका छन्। तर, प्रहरीको भनाइअनुसार चेक फेला परेको प्रमाणले उनको दाबी खण्डित भएको छ।

यसअघि संसदीय समितिले सहकारी ठगीको मामिलामा लामिछानेको संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। अदालतले उनलाई १५ दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

सहकारीबाट झिकिएको करोडौं रकमको लेनदेनको सत्यतथ्य बाहिर आउने क्रममा यो प्रकरणले सहकारी क्षेत्रको पारदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट