माओवादीको अभिव्यक्ति माथि एमालेको आपत्ति, भन्यो - गैरजिम्मेवार अभिव्यक्ति नदिनु
नेकपा (एमाले)ले राजनीतिक दलहरूलाई विश्वका घटनाक्रमलाई नेपालसँग जोडेर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन चेतावनी सहित आग्रह गरेको छ। आज बसेको पार्टी सचिवालय बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता बाहिर रहेका दलहरूबाट आवेगपूर्ण अभिव्यक्ति आउने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बंगलादेश र श्रीलंकाको घटनालाई उद्धृत गर्दै आक्रोश पोखेको सन्दर्भलाई लक्षित गर्दै एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो । ज्ञवालीले देश असहज अवस्थामा रहेको भन्दै सबै दलहरूले सहज तुल्याउने दिशामा काम गर्नुपर्ने बताएका छन्। सत्ता पक्षले केही नभन्दा पनि प्रचण्डले आक्रोश पूर्ण अभिव्यक्ति दिएको ज्ञवालीको भनाइ छ ।
यो पनि पढ्नुहोस
योगेश भट्टराई तस्कर हुन्, छानबिन होस् ; सांसद छिरिङ लामा
#एमाले #माओवादी_केन्द्र



तपाईको प्रतिक्रिया दिनुहोस