Techie IT
२०८२ चैत्र २९, आइतबार

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी विजयी


बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन्। 

आइतबार सम्पन्न उपनिर्वाचनमा भण्डारीले १,७४० मत प्राप्त गर्दै नेपाली कांग्रेसकी प्रतिद्वन्द्वी पुल्तिसरा शाहीलाई पराजित गरिन्।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार शाहीले १,४७४ मत प्राप्त गरेकी थिइन्। कूल ७,४६० मतदातामध्ये ३,९०३ जनाले मतदान गरेका थिए।

सुलोचनाकुमारी भण्डारी यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन्। गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको २०८० माघ ४ गते निधन भएपछि उपनिर्वाचन भएको हो।

निर्वाचित भण्डारीले जनताको विश्वासलाई सम्मान गर्दै गाउँपालिकाको समग्र विकासमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट