Techie IT
२०८२ चैत्र १०, मंगलबार

सुदूरपश्चिमको तिंकरमा अध्यागमन कार्यालय खोलिने


गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित तिंकरमा अध्यागमन कार्यालय खोल्ने घोषणा गरेका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले यस्तो बताएका हुन्।

मन्त्री लेखकका अनुसार तिंकर नाका हुँदै मानसरोवरसम्म जाने धार्मिक पर्यटकहरूलाई लक्षित गरी यो कार्यालय खोल्न लागिएको हो। उनले भने, "सरकारले कार्यालय खोल्दिन्छ, व्यवसायीहरूले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ। धनगढी देखि सीधै तिंकरसम्म हेलिकोप्टर लिफ्ट गराउनुपर्ने हुन्छ।"

मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने लक्ष्य राखेको बताए। उनले भने, "मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु। भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ।"

मन्त्री लेखकले आफ्नो एक सय दिने कार्ययोजनाअन्तर्गत तिंकर नाकासहित तीन स्थानमा अध्यागमन कार्यालय खोलेर पर्यटक भित्र्याउने योजना रहेको बताए। उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाकै रूपमा विकास गर्नका लागि दोधाराचाँदनीमा छिट्टै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढ्नेसमेत जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट