मुना पाण्डे हत्या प्रकरण: आमा आज अमेरिका जाँदै
ह्युस्टनमा गोली हानी हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे आज विचलित मनले अमेरिका जाने भएकी छन्। छोरीको शव हेर्न आमा विदेश जान बाध्य भएकी हुन्। छोरीको गोली हानी हत्या भएपछिक विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ । मुनालाई ह्युस्टनको आफ्नै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको थियो।
११ भदौमा गोली लागेको अवस्थामा भेटिएकी मुनाको छातीमा गोली लागेको थियो। हत्याको दुई दिन अघिदेखि उनको फोन अफ रहेको बताइएको छ। मुना ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत थिइन्। पढाइ सकेर एक वर्षमात्रै घर आउने उनले बताएकी थिइन्।
हत्याको कारण अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। मुनाकी आमा अनिताले छोरीको हत्यारा पत्ता लगाएर कानुनी कारबाही गर्न माग गरेकी छन्।"



तपाईको प्रतिक्रिया दिनुहोस