Techie IT
२०८२ चैत्र ९, सोमबार

दसैं सामग्री बोकेका कन्टेनर चीनमा रोकिँदा व्यवसायी चिन्तित


चीनले तातोपानी र खासा बजारको बीचमा सुरुङ निर्माण गरिरहेका कारण दसैं लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर खासा र न्यालममै रोकिएका छन् । तातोपानीपारि चीनको व्यापारिक केन्द्र न्यालम र खासाको पार्किङ क्षेत्रमा १६ दिनदेखि कन्टेनर रोकिँदा दसैं लक्षित सामग्री र फलफूल समयमै नआइपुग्ने त्रासले व्यवसायी चिन्तित छन् ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ कि नमस्ते, सिल्क, राखेमालगायत ट्रान्सपोर्ट कम्पनीका ९३ कन्टेनर चिनियाँ क्षेत्र खासा र न्यालममा रोकिएका छन्1। तीमध्ये दसैं लक्षित सामग्री बोकेका ७० वटा टेलर कन्टेनर हुन् ।

व्यवसायी कपिल पाख्रिनले भने, ‘दसैं आउन धेरै समय छैन, उता व्यापारीले हालेको सामान समयमै राजधानी आइनपुग्दा हामीजस्ता दर्जनौं व्यापारी पिरोलिन थालेका छन्’ ।

केही दिनअघि चीनको खासा र न्यालम क्षेत्रको पुनर्निर्माण अवस्था निरीक्षण गरेर आएका तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका निवर्तमान प्रमुख भन्सार अधिकृत दयानन्द केसीले कन्टेनर रोकिएको समस्याबारे चीनको जाङ्मु भन्सारलाई अनुरोध गरेको बताए1। चीनले खासालाई ३ वर्षभित्र स्मार्ट सिटी बनाउने लक्ष्यका साथ ५० प्रतिशत पुराना भवन भत्काइसकेको छ ।

केसीको सट्टा आइतबार तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयको प्रमुखमा कमलकुमार भट्टराई आएका छन् । उनले भने, ‘उता अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने काम हुने कारण बाटोमै अड्किएका कन्टेनर केही दिन खासा प्रवेश गर्न पाउने छैनन्1। चिनियाँ कन्टेनर तातोपानी आउन ढिला भए मूल्य उति महँगो पर्नेछ । पार्किङ भाडा, खाना, खाजा र ढिला हुँदा तिर्नुपर्ने बैंकको ब्याज सबै जोडिँदा उपभोक्तालाई महँगो पर्न जान्छ । दसैं आउने समयमा धेरै सामान आउने र कुरेर बसिरहनुपर्ने बाध्यता व्यवसायीलाई छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट