Techie IT
२०८३ श्रावण ११, सोमबार

प्रधानमन्त्री ओलीको ‘जनयुद्ध’विरुद्धको टिप्पणी संविधान विपरीत : उपाध्यक्ष सापकोटा


नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘जनयुद्ध’लाई हिंसा भन्नु संविधान र शान्ति सम्झौताविपरीत रहेको बताएका छन्।

बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठकको समापनपछि पत्रकारहरूसँगको कुराकानीमा सापकोटाले प्रधानमन्त्रीले शान्ति सम्झौताविपरीत अभिव्यक्ति दिएकोमा आपत्ति जनाए।

सापकोटाले भने, "संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ। वृहत शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ। प्रधानमन्त्रीज्यूले बाह्र बुँदे समझदारी र बृहत शान्ति सम्झौताको मर्मविपरीत बोलेका छन्। यसो गर्नु बदनीयतपूर्ण र अनैतिक हो।"

सापकोटाले ‘जनयुद्ध’को भूमिका विना मुलुकमा गणतन्त्रको स्थापना असम्भव भएको दाबी गर्दै भने, "गणतन्त्र ल्याउने संघर्षले नै अहिले प्रधानमन्त्रीलाई तीन पटकसम्म सत्तामा पुर्याएको छ। उहाँको यस्तो अभिव्यक्तिले कृतघ्नताको पराकाष्ठा देखाउँछ। उहाँहरू परिवर्तन र अग्रगमनतिर होइन, पछाडि फर्किन चाहनुहुन्छ। यो सर्वथा गलत छ।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट