Techie IT
२०८२ चैत्र ९, सोमबार

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी, मानवीय क्षति भएन


मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आज मध्यान्ह नेपाली सेनाको एउटा ट्रकमा आगलागी भएको छ। ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–४ कुर्सी मोडमा आगलागी भएको हो।

इलाका प्रहरी कार्यालय पालुङका अनुसार ट्रकको सापट भाँचिएपछि सडक छेउ लगाउने क्रममा आगो लागेको हो। सापट भाँचिएर डिजेल ट्याङ्कीमा क्षति पुग्दा डिजेल चुहिएको र त्यसबाट आगो सल्किएको अनुमान गरिएको छ।

ट्रकमा सवार १८ जना नेपाली सेनालाई सुरक्षित स्थानमा सारिएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन। थाहा नगरपालिकाको दमकलले पुगेर आगो नियन्त्रणमा लिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट