सहकारी ठगी प्रकरण : बाबु–छोरीलाई हिरासतबाट झिकेर थुनछेक बहस, इजलासमै रुवासी
काठमााडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा संलग्न बाबु कृष्णबहादुर गुरुङ र उनकी छोरी तथा गण्डकी प्रदेश सभाकी पूर्वसांसद मीना गुरुङ अदालतको इजलासमै धरधरी रोएका छन् ।
आज (मंगलबार) कास्की जिल्ला अदालतमा बाबु–छोरीको थुनछेक बहस चलिरहकै अवस्थामा बाबु कृष्णबहादुर उठेर धरधरी रोएका थिए भने उनले आफू निर्दोष रहेको भन्दै अदालतमै आत्महत्या गर्ने बताए थिए ।
सरकारी वकिल कार्यालयबाट थुनछेक बहसकै क्रममा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङको नाम जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले लिएपछि आफू निर्दो रहेको भन्दै उनी इजलासमै रोएका थिए ।
कृष्णबहादुर आफू निर्दोष रहेको भन्दै अदालतमै आत्महत्या बताएका थिए । त्यसपछि केही समय अदालतको इजलासमा सन्नाटा छायो । उनी पूर्वबेलायती सैनीक हुन् ।
उनी अहिले विरामी छन् । बाबु इजलासमा रोएपछि उनकी छोरी मीना पनि इजलासमै रोएकी थिइन् । त्यसपछि थुनछेक बहस स्थगित गरिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म रवि लामिछानेसहित ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस