Techie IT
२०८३ श्रावण २३, शनिबार

हरितालिका तीज भब्यतापूर्वक मनाइदै


आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज। नेपाली हिन्दु महिलाहरूको महत्त्वपूर्ण पर्व तीज आज देशभर धुमधामका साथ मनाइँदैछ।

शिव पार्वतीको पवित्र प्रेमको प्रतीक मानिने यस पर्वमा व्रतालु महिलाहरूले निराहार व्रत बसी शिव पार्वतीको पूजा आराधना गर्छन्। धार्मिक विश्वासअनुसार यसरी व्रत बस्नाले परिवारमा सुख, शान्ति र समृद्धि आउने मानिन्छ।


पौराणिक कथा र धार्मिक महत्त्व

सत्ययुगमा पार्वतीले महादेवलाई पति पाउन कठोर तपस्या गरेकी थिइन्। आजकै दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई पति पाएको विश्वास गरिन्छ। यसैले आजको दिन व्रत बस्ने महिलाहरूले पनि मनोकामना पूरा हुने विश्वास गर्छन्।

धर्मशास्त्री डा. रामचन्द्र उपाध्यायका अनुसार व्रत निराहार, जलाहार र फलाहार गरी तीन किसिमका हुन्छन्। स्वास्थ्य अवस्था हेरेर व्रतालुले आफ्नो सुविधाअनुसार कुनै पनि किसिमको व्रत बस्न सक्छन्।

सांस्कृतिक पक्ष

तीज पर्व केवल धार्मिक मात्र नभएर सांस्कृतिक पर्व पनि हो। यस पर्वमा महिलाहरू एक आपसमा भेला भई नाचगान गर्छन् र वर्षभरि भरि आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट व्यक्त गर्छन्। तीजको अवसरमा माइती पक्षले छोरी चेलीलाई दर खुवाउने चलन पनि छ। दर खाने चलनले परिवारका सदस्यहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ।

आधुनिक समयमा जीवनशैलीमा परिवर्तन आएसँगै तीज मनाउने तरिकामा पनि परिवर्तन आएको छ। यद्यपि, तीजको सांस्कृतिक र धार्मिक महत्त्व अझै पनि कायमै छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट