Techie IT
२०८२ चैत्र ९, सोमबार

सहकारी ठगी प्रकरण: फरार जीबी राईको खोजीमा मलेसिया पुगेको नेपाल प्रहरी टोली खाली हात फर्कियो


सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ। एक साताअघि मलेसिया पुगेका प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका हुन्।

 प्रहरी प्रधान कार्यालयका उच्च स्रोतका अनुसार, जीबी राईलाई भेट्न टोलीले प्रयास गरे पनि अनुसन्धानकै कारणले यसबारे थप विवरण सार्वजनिक गर्न असमर्थ भएको बताइएको छ।

जीबी राईले पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारी संस्थामा सर्वसाधारणको वचत हिनामिना गरेको आरोप लागेपछि फरार भएका थिए। फरार रहेका राईको मलेसियामा रहेको जानकारी प्राप्त भएपछि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा प्रहरी टोली मलेसिया पठाइएको थियो।
लेसिया सरकारसँग जीबीलाई फिर्ता गर्नको लागि वार्ता असफल
नेपाल प्रहरीको टोलीले जीबी राईलाई मलेसियामा खोज्ने प्रयास गरे पनि मलेसिया सरकारले उनलाई फिर्ता गर्न अस्वीकार गरेको छ। यसअघि पनि कूटनीतिक पहलमार्फत जीबीलाई नेपाल ल्याउने प्रयास असफल भएको थियो। नेपाल सरकारले मलेसिया सरकारसँग सुपुर्दगी सन्धि नहुँदा यस प्रक्रियामा समस्या देखिएको हो।

इन्टरपोललाई थप कागजात
नेपाल प्रहरीले जीबी राईसँग सम्बन्धित थप कागजात इन्टरपोललाई पठाएको छ। यसअघि, जीबीविरुद्ध रेड नोटिस जारी गरिएको थियो, तर इन्टरपोलले थप कागजात मागेपछि पीडित र साक्षीका बयानका कागजात अनुवाद गरेर पठाइएको बताइएको छ।

मलेसियामा करोडौंको अपार्टमेन्ट खरिद
प्रहरीको अनुसन्धानअनुसार, जीबी राई मलेसियाको क्वालालम्पुरस्थित देशापण्डन क्षेत्रमा अपार्टमेन्टमा बस्दै आएका छन्। उनले ७ करोड रुपैयाँभन्दा बढीमा अपार्टमेन्ट खरिद गरेको बताइएको छ। प्रहरीको दाबीअनुसार, जीबीले १ अर्ब रुपैयाँभन्दा बढी रकम मलेसिया लगेर लगानी गरेका छन्। मलेसियामा ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अन्तर्गत, जीबीले मलेसियामा नागरिक सरह बस्न मिल्ने गरी लगानी गरेको र सोही अवधारणामा उनी मलेसियामा बसेको बताइएको छ।

स्थलमार्ग हुँदै मलेसिया भागे
जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि पासपोर्ट रोक्का गर्न पत्राचार गरिएको थियो। तर, उनले पासपोर्ट रोक्का भए पनि स्थलमार्ग हुँदै भारतबाट मलेसिया पुग्न सफल भएका थिए। जीबी समूहले पोखराको सूर्यदर्शन सहकारीबाट मात्रै १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ। यस मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइए पनि पछि यो संख्या २५ पुगेको छ। हालसम्म ६ जना मात्र पुर्पक्षका लागि थुनामा छन्, जबकि जीबी राई लगायत अन्य फरार रहेका छन्। प्रहरीको खोजी र अनुसन्धान जारी छ, तर जीबी राईको नेपाल फिर्तीका लागि चुनौती कायम छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट