Techie IT
२०८३ श्रावण ११, सोमबार

प्रधानमन्त्री ओली र बाबुराम भट्टराईबीच संक्रमणकालीन न्याय सम्बन्धी कानुनबारे भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भएको भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी कानुनको चर्चा भएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको यो भेटमा भट्टराईले उक्त कानुनको निर्माणमा सरकारको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटवार्ताबारे जानकारी दिँदै समसामयिक राजनीतिक विषयमा पनि छोटो कुराकानी भएको उल्लेख गरेका छन्। ओलीले भनेका छन्, “मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो। संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनेकोमा उहाँले धन्यवाद दिनुभयो। समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो।”

यस भेटमा भट्टराईले संक्रमणकालीन न्यायसँग सम्बन्धित १९ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका थिए।

गत भदौ १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका थिए। यसअघि, उक्त विधेयक साउन ३० गते प्रतिनिधि सभाबाट पारित भएको थियो र भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट