Techie IT
२०८२ चैत्र ५, बिहीबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते


सांकेतिक फोटो

सिन्धुली मदन भण्डारी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोलेले चलाएको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो ४ बजे सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, रतनपुरमा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी पछाडि बसेका सोही ठाउँका २२ वर्षीय प्रविण बजु गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएकोमा बजुको मृत्यु भएको हो। घाइते गोलेको भने चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट