गठबन्धन असफल भए मुलुक समस्यामा फस्नेछ - गृहमन्त्री रमेश लेखक
आज काभ्रेको पनौती नगरपालिका-६ मा निर्माणाधीन अवस्थामा रहेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान आयोजनाको निरीक्षण पश्चात पनौतीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबाट वर्तमान सरकारले सफलतातर्फको यात्रा प्रारम्भ गरेको बताए । उनले दुई ठूला दल बीचको राष्ट्रिय सहमति र राजनीतिक समीकरणले जटिल मुद्दाहरू समाधान गर्न मद्दत गरेको उल्लेख गरे। लेखकले गठबन्धन असफल भए मुलुकमा समस्या आउन सक्ने चेतावनी दिए र सबैलाई यसलाई सफल बनाउन सघाउन आग्रह गरेका छन् ।
मन्त्री लेखकले भने, "संक्रमणकालीन न्याय सम्बन्धी विद्येयकका लागि कानून बनाउनको लागि जुन जटिलता थियो, हामीले एक महिनाभित्र बनायौं, त्यो किन भयो भन्दा, एउटा राजनितिक समीकरण, जुन बन्यो, त्यसले एउटा आत्मबल दियो, त्यो आत्मबलले हामीले त्यस कुरालाई सम्बोधन गर्दै विषयलाई टुंग्याउन सफल भयौं ।"



तपाईको प्रतिक्रिया दिनुहोस