बसको ठक्करबाट दुईको मृत्यु, एक गम्भीर घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा शुक्रबार राति भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले सात वर्षीय बालक विशाल श्रेष्ठ र उनकी हजुरआमा ५५ वर्षीया श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो। घटनास्थलमै बालकको मृत्यु भएको थियो भने गम्भीर घाइते मानन्धरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस