रविसहित ७ जनालाई हिरासतबाट पुर्याइयो अदालत
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगिएको हो ।
उनीहरूको थुनछेक जवाफी बहस सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिएपछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवालातर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो ।
रास्वपा सभापतिलामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् ।
आज सरकारी वकिलले जवाफी बहस गरेपछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालत स्रोतले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस