Techie IT
२०८३ भाद्र १८, बिहीबार

नेपालले बिहारलाई बिजुली बेच्न सुरु, भारतमा निर्यात बढ्यो


नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ। गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे। यसअघि नै नेपालले भारतको हरियाणा राज्यलाई बिजुली निर्यात गरिरहेको थियो ।

 बिहारमा बिजुली निर्यात सुरु भएसँगै भारतमा नेपालको बिजुली निर्यातको परिमाण उल्लेख्य रूपमा बढेको छ । हाल नेपालले भारतका विभिन्न राज्यलाई ३६० मेगावाट बिजुली निर्यात गरिरहेको छ ।


नेपालले मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत बिहार राज्यमा बिजुली निर्यात गरिरहेको छ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। अहिले कटैया प्रसारणलाइनबाट विद्युत् निर्यात भइरहेको छ ।आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) छ। गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ ।

 यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क प्राधिकरणले बेहोर्नुपर्ने छैन । नेपालले आन्तरिक खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ। भारतको बढ्दो माग र नेपालको उत्पादन क्षमता वृद्धि भएसँगै बिजुली निर्यात बढेको हो ।

कुन–कुन आयोजनाको बिजुली निर्यात भइरहेको छ ?

मोदी, मायाखोला, दूधकुण्ड, दोर्दी–१, डाउन पिलुवा, तल्लो खारे, माथिल्लो खिम्ती, माथिल्लो खिम्ती–२, गण्डक, माथिल्लो सोलु जस्ता जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात भइरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट