Techie IT
२०८२ चैत्र ५, बिहीबार

जाजरकोटमा पहिरो, वडा सदस्य सहित दम्पती बेपत्ता


जाजरकोटको बारेकोट गाउँपालिका-६ मा गएराति गएको पहिरोमा पुरिएर वडा सदस्य सहित एक दम्पती बेपत्ता भएका छन् ।

अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा ३८ वर्षीया प्रेमकुमारी चलाउने र उनका श्रीमान ४७ वर्षीय मानबहादुर चलाउने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घटनास्थलमा पुगेको प्रहरीले ११ वर्षीया सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरेको छ। उनको हात र मुखमा चोट लागेको छ। प्रहरीले उनलाई उपचारका लागि बारेकोट गाउँपालिका-६ कार्कीज्यूला पठाएको छ। प्राथमिक उपचारपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाउने तयारी भइरहेको प्रहरी प्रमुख पाण्डेले बताए।

सोही घरमा रहेकी १८ वर्षीया बिमला चलाउने भने पहिरो आउनुभन्दा अगावै बाहिर निस्केकीले सकुशल छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट