Techie IT
२०८२ चैत्र ९, सोमबार

क्रान्तिकारी अध्यक्षमा रेग्मीको उम्मेदवारी घोषणा, रेग्मि लाई प्रश्न के चुनाव सम्भव छ ?


नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । राष्ट्रिय सम्मेलन आउन अब केहि हप्ता मात्र बाँकी रहँदा नेताहरु देश दौडाहा, सदस्यता वितरण, कमिटीका बैठक लगायतमा व्यस्त छन् । विभिन्न क्याम्पस, जिल्ला र प्रदेशका सम्मेलनहरु भैरहेका छन् ।प्रतिनिधि छनोट र जिल्ला अधिवेशनका लागि नेताहरू जिल्ला दौडाहामा रहेका छन् ।

सिङ्गो अखिल (क्रान्तिकारी) अहिले देशभरि चलायमान भएको छ । क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आगामी असोज २ गतेदेखि ५ गतेसम्म चितवनमा हुँदै छ ।

हाल अखिल क्रान्तिकारीमा १ हजार ५०० सदस्यीय जम्बो केन्द्रीय समिति छ । पदाधिकारी नै १७८ सदस्यीय छ । त्यसैले राष्ट्रिय सम्मेलनबाट चुस्त समिति बनाउने चुनौती नेताहरुलाई छ । नेताहरुले विभिन्न पदमा लड्ने दावि सहित आफ्नो पक्षमा माहोल बनाउन लबिङ्ग गरिरहेका छन् ।

   
आज दिउँसो उपाध्यक्ष नेरेश रेग्मीले अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको पुर्वको १ नम्बर प्रदेशको उदयपुरको गाइघाट स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार भेटघाट मार्फत आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् । उपाध्यक्ष नरेश रेग्मी बौद्धिक विद्यार्थी नेताको रुपमा परिचित छन् । उनले नियमित शैक्षिक बहस चलाउने गर्दछन् । आज रैवारप्रेस संगको संवादमा उम्मेद्वारी घोषणा गरेको स्विकारेका छन् ।

तपाईको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी Zeneration Z तिर फर्किएको विद्यार्थी संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट उठाउन, आन्दोलनका नयाँ नयाँ रचनात्मक आयामहरु विकास गर्न, विद्यार्थी आन्दोलनलाई पुर्नपरिभाषित गर्नका लागि हो । म सधैं विश्वविद्यालय, क्याम्पसको शैशिक स्थिति सुधारका लागि लागिरहेको छु । आजका दिन सम्म म विद्यार्थीको विचमा छु । विद्यार्थीहरु सँग शैक्षिक सुधारका योजनाका वारेका बहस गरिरहेको छु । त्यसैले मेरो उम्मेद्वारी सहि छ । नयाँ पुस्तामा अखिल (क्रान्तिकारी) प्यारो संगठन बनाउन म सँग योजना छन् ।

तपाई जित्ने सम्भावना देख्नुहुन्छ ? 
म निर्वाचन जित्नेमा ढुक्क छु । मलाई अधिकांश साथिहरुले प्रोत्साहन गर्नु भएको छ ।

के अखिल क्रान्तिकारीमा चुनाव सम्भव छ ? 
निर्वाचन अनिवार्य हुन्छ । निर्वाचन विना सहमति हुने शून्य जस्तै छ । 
म निर्वाचन जित्नेमा ढुक्क छु। मलाई अधिकांश साथीहरुले प्रोत्साहन गर्नु भएको छ।निर्वाचन अनिवार्य हुन्छ। निर्वाचन बिना सहमति हुने सम्भावना शून्य जस्तै छ।

 

 

 

#अखिल(क्रान्तिकारी) 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट