कुटपिट गर्नेविरुद्ध वरिष्ठ अधिवक्ताले दिए उजुरी
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट गर्नेविरुद्ध उजुरी दिएका छन् ।
उनले आफूमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै आज (बिहीबार) प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सहकारी ठगी अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।
सहकारी पीडितका तर्फबाट बहस सकाएर अदालतबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण गरिएको थियो ।
नेपाल बार, सर्वोच्च अदालत बार, काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले पनि त्रिपाठीमाथि हमलाको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
उनीमाथि हिजो (बुधबार) काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस