Techie IT
२०८२ कार्तिक २९, शनिबार

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु


दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए–आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । 

‘बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उनले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गरे ।’

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए । 

कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट