सहकारी प्रकरण : छवि अदालतमा उपस्थित
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणका अभियुक्त पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । आजबाट छविको बयान हुनेछ ।
कास्की जिल्ला अदालतले कास्कीस्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
धरौटी बुझाएर थुनामुक्त भएका उनी दुई हप्तापछि मात्र आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस