Techie IT
२०८३ जेष्ठ ९, शनिबार

सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

आज (आइतबार) जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो । 

अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले बताइन् । 

रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी जम्मा ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

२ करोड रुपैयाँ रविको नाममा गएको भौचर समेत प्रहरीले बरामद गरेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट