Techie IT
२०८२ वैशाख २४, बुधबार

राप्ती सोनारीमा वन्यजन्तुको आतंक: राहतको प्रक्रिया र समन्वयको अभाव


बाँकेको राप्ती सोनारी गाउँपालिका–२ राजपुरका स्थानीय वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेलिरहेका छन् । गाउँबस्तीसँगै रहेको वजङ्गलबाट बाघ, बाँदर, नीलगाई, बँदेललगायत जनावरका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुग्ने गरेको छ ।     
     
जनावरले क्षति पुर्याएपछि उक्त समस्या समाधानका लागि सरोकारवाला निकायले प्रभावकारी पहल गर्न नसकेको उनीहरूको गुनासो छ । स्थानीय खडकबहादुर ओली बाघले खोरबाटै बाख्रा तानेर लग्ने गरेको र उक्त समस्या लिएर गाउँपालिका तथा राष्ट्रिय निकुञ्जमा जाँदा कसैले सुनवाइ नगरेको दुखेसो पोख्नुहुन्छ ।     
     
यसैगरी, स्थानीय उषा सुनारको अनुभव अझै मार्मिक छ”, उनले भने, “मेरो बाख्रा खाइदिएको तीन वर्ष भयो, राहतका लागि निवेदन दिन निकुञ्ज जाँदा स्थायी लेखा नम्बर मागिन्छ, यस्तो झन्झटिलो प्रक्रियामा को जाने ?”     
     
अर्का स्थानीय रामबहादुर रोकायले बाघले गाईका बाच्छा खाए पनि राहत लिने प्रक्रियाको झन्झट सुनेर निवेदन नै नदिएको बताए। “हप्तौँ पिच्छे बाघले पशुचौपाया तान्छ, तर कुनै सुनुवाइ हुँदैन”, उनले भने । निकुञ्ज र स्थानीय निकायबीच समन्वयको अभावले राहत प्रक्रिया झन् कठिन बनेको उनको गुनासो छ ।     
     
स्थानीय एकबहादुर खत्रीले राहतका लागि निवेदन दिएर फाइल अगाडि बढाउने खर्च राहतभन्दा बढी हुने भएकाले धेरैले आशा गुमाएको अनुभव सुनाए । स्थानीय वनशक्ति सामुदायिक वन उपभोक्ता समितिका सचिव शान्ति चन्दले वन्यजन्तुले गर्ने क्षतिको राहत र बीमाबारे समुदायलाई सचेतनाको अभाव भएको भन्दै हामीले उपभोक्तालाई सचेत बनाउने कार्यमा लाग्दा पनि साधनस्रोतको अभावमा प्रभावकारिता नभएको बताए ।     
     
राप्ती सोनारीका स्थानीयलाई वन्यजन्तुले पुर्याउने क्षतिको दीर्घकालीन समाधान र हानि– नोक्सानीको क्षतिपूर्तिका लागि आवश्यक पहल गरेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताए। वन्यजन्तुले समुदायमा पारेको समस्या समाधानको पहलका लागि समुदायका लागि सञ्चालन अभियान नेपालले बाँकेको राप्तीसोनारी गाउँपालिका र बर्दियाको मधुवन नगरपालिकामा वातावरणीय न्याय तथा जवाफदेहिता अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष माधव अधिकारीले बताए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट